१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी प्रभावितहरुको राहतमा कुनै कसर बाँकी नराख्न नेकपाको आग्रह



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हावाहुरी प्रभावितहरुको राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उद्दार, पीडितहरुको राहत र क्षतिपूर्तिका साथै घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका हुन् ।

घटना हुनासाथ सरकारका तर्फबाट देखाएको तत्परताले थप मानवीय क्षति हुन नपाएको उसले बताएको छ । उक्त विज्ञप्तिमा मृतकहरुका शोकाकुल परिवारहरुप्रति सम्बेदना र घाइतेहरुको स्वास्थ लाभको कामना पनि गरिएको छ ।