२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीबाट घाइते भएका पाँच वर्षीय बालकको मृत्यु



अ+ अ-

वीरगन्ज । गत आइतबार साँझ आएको विनशकारी आँधीहुरीले घाइते भइ उपचार गराइरहेका एक बालकको मङगलबार मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको फेटा गाँउपालिका ६ का फिरोज अंसारीका पाँच वर्षीय छोरा फैयाज आलम रहेका छन् । आलमको मंगलबार वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गराइरहेको अबस्थामा मृत्यु भएको हो ।

योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो ।

मृतककाे नामावली

१.हरिनारायण दास(५५ वर्ष) २. मनोरमा देवी(४५) ३.रुनि देवी(२४) ४.नन्द पटेल ५.रुबी खातुन (१२) ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५) ८. मुस्तकिमा खातुन(५०) ९. मिना खातुन(२५) १०. नोक्सा मियाँ (११) ११. अलिसा खातुन(३) १२. सकिया खातुन(४०) १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८) ख. प्रसौनी गाँउपालिका-बारा १५. अच्छलाल माझी (५५) ग. सुवर्णपुर गाउँपालिका -बारा १६. तरिफा खातुन (३०)

१७.श्रीप्रसाद यादव (६५) ,१८.प्रसौनी गाँउपालिकाका (बारा) अच्छलाल माझी (५५) १९. महागढीमाइ नगरपालिका (बारा १) कोइरी देवी(७५), २०. भारत १. कालुपक्कर राजेश मुखिया (२२०) मोतिहारी, २२. बोक्ता अवधेश पासवान, (२३) सितामढी २४. राधे लाढि (४१) उत्तरप्रदेश बरैली लाजगञ्ज ६ पर्सा जिल्ला २५. भवानीपुर राम माझी (४५), २६. सुरज माझी (४), २७. फैयाज आलम (५)

हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।

घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन रहेको प्रहरीले जनाएको छ । उदारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ। घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।