३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

हावाहुरीबाट घाइते भएका पाँच वर्षीय बालकको मृत्यु

हावाहुरीबाट घाइते भएका पाँच वर्षीय बालकको मृत्यु
अ+ अ-

वीरगन्ज । गत आइतबार साँझ आएको विनशकारी आँधीहुरीले घाइते भइ उपचार गराइरहेका एक बालकको मङगलबार मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको फेटा गाँउपालिका ६ का फिरोज अंसारीका पाँच वर्षीय छोरा फैयाज आलम रहेका छन् । आलमको मंगलबार वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गराइरहेको अबस्थामा मृत्यु भएको हो ।

योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो ।

मृतककाे नामावली

१.हरिनारायण दास(५५ वर्ष) २. मनोरमा देवी(४५) ३.रुनि देवी(२४) ४.नन्द पटेल ५.रुबी खातुन (१२) ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५) ८. मुस्तकिमा खातुन(५०) ९. मिना खातुन(२५) १०. नोक्सा मियाँ (११) ११. अलिसा खातुन(३) १२. सकिया खातुन(४०) १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८) ख. प्रसौनी गाँउपालिका-बारा १५. अच्छलाल माझी (५५) ग. सुवर्णपुर गाउँपालिका -बारा १६. तरिफा खातुन (३०)

१७.श्रीप्रसाद यादव (६५) ,१८.प्रसौनी गाँउपालिकाका (बारा) अच्छलाल माझी (५५) १९. महागढीमाइ नगरपालिका (बारा १) कोइरी देवी(७५), २०. भारत १. कालुपक्कर राजेश मुखिया (२२०) मोतिहारी, २२. बोक्ता अवधेश पासवान, (२३) सितामढी २४. राधे लाढि (४१) उत्तरप्रदेश बरैली लाजगञ्ज ६ पर्सा जिल्ला २५. भवानीपुर राम माझी (४५), २६. सुरज माझी (४), २७. फैयाज आलम (५)

हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।

घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन रहेको प्रहरीले जनाएको छ । उदारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ। घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।