१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

शैक्षिक संस्थामा ठगी : विद्यार्थी संगठनमाथि लागेका ६ आरोप

शैक्षिक संस्थामा ठगी : विद्यार्थी संगठनमाथि लागेका ६ आरोप
अ अ+ अ-

काठमाडौं। आमविद्यार्थीको हकहितका नाममा गठन भएका विभिन्न विद्यार्थी संगठनहरू आफ्नो उद्देश्यबाट विचलित हुन थालेका छन् । शैक्षिक क्षेत्रमा व्यापक ठगी र विकृति बढिरहेको बेला खबरदारी गर्नुपर्नेमा विद्यार्थी संगठनहरू भने मौनता साँधेर बसिरहेका छन् । विगतमा शैक्षिक क्षेत्रमा विकृति बढ्दा विद्यार्थी संगठनहरूले त्यसविरुद्ध आन्दोलन चर्काउँदै प्रभावकारी भूमिका खेलेका थिए । तर अहिले उनीहरू मौन बस्दा शैक्षिक क्षेत्रमा विकृतिका चाङ बढेको विश्लेषण यस क्षेत्रका अगुवाहरूले गरेका छन् ।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यार्थी संगठन साच्चै नै कमजोर देखिएको बताए । उनले शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न विद्यार्थी संगठन सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । ‘निजी स्कुल बन्द गर्नैपर्छ । विद्यार्थी संगठनले निजी विद्यालयको नियमन र निगरानी गरेर मात्र हुँदैन । बन्द गर्ने अभियानलाई सशक्त बनाउनुपर्छ,’ शिक्षाविद् वाग्लेले भने ।
नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी तथा सरकारी विद्यालयहरूले मनपरी अवैध शुल्क असुली रहेका बेला विद्यार्थी संगठन तैं चुप मैं चुप अवस्थामा छन् ।

निजी र सामुदायिक विद्यालयमा तोकिएको भन्दा २० देखि ३० प्रतिशत शुल्क वृद्धि, मेडिकल कलेजभित्रको विकृति, निजी शैक्षिक संस्थामा सिन्डिकेटलगायतका विषय सार्वजनिक भइरहँदा पनि विद्यार्थी संगठनहरू मौन भएका छन् ।
विद्यार्थीको हकहितमा लाग्नुपर्ने जिम्मेवारी लिएका विद्यार्थी संगठनहरू विद्यार्थीप्रति संवेदनशील नभएको पाइएको छ । विद्यार्थी संगठनहरूले विद्यालयभित्रको आन्दोलनको मुद्दा उठाए पनि बार्गेनिङ गर्दै सम्झौतामा टुंग्याउने गरेको प्रभावित विद्यार्थीहरूको गुनासो छ ।

निजी स्कुल बन्द गर्नैपर्छ । विद्यार्थी संगठनले निजी विद्यालयको नियमन र निगरानी गरेर मात्र हुँदैन । विद्यार्थी संगठनहरू निजी विद्यालय बन्द गर्ने अभियानमा लागे मात्रै शिक्षाको गुणस्तर क्रमिक रूपमा सुध्रिन्छ ?

डा. मनप्रसाद वाग्ले
शिक्षाविद्

केही विद्यार्थी नेताहरू मन्त्री र नेताहरूका ‘पीए’को जिम्मेवारी लिएर बसेको पाइएको छ । विद्यार्थी नेताहरू बहालवाला मन्त्री र नेताका स्वकीय सचिवका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । जसकारण पनि विद्यार्थी राजनीतिले निर्णायक रूप लिन सकेको छैन । विद्यार्थी संगठनहरू शैक्षिक मुद्दाभन्दा पनि राजनीतिक एजेन्डा बोक्दा वास्तविक विद्यार्थीको समस्या सम्बोधन हुन नसकेको बताइएको छ ।

विद्यार्थी संगठनमाथि लागेका आरोप

–राजनीतिक एजेन्डामा सीमित
–मन्त्रीको ‘पीए’ र लाभको पदमा तल्लीन
–शैक्षिक एजेन्डाभन्दा ठेक्कापट्टा प्राथमिकतामा
–शुल्क वृद्धि हुँदा पनि तैं चुप मैँ चुप
–शैक्षिक माफियासँग मिलेमतो
–विद्यार्थी एकातिर संगठन अर्कोतिर

अखिलका प्रवक्ता आरसी लामिछानेले विद्यार्थी संगठन बिचौलिया उत्पादन गर्ने थलो नभएको बताए । उनले भने, ‘केही विद्यार्थी नेताहरू लाभ लिने ठाउँमा भए पनि विस्तारै उहाँहरू संगठनको दायराबाट बाहिर जानुहुन्छ । ’
नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले शिक्षामा माफियाकरण बढ्दै गएको भन्दै आन्दोलन गर्नुपर्ने बताए ।
विद्यार्थी आन्दोलन प्रभावकारी नबन्दा मेडिकल माफियाहरूले प्रश्रय पाइरहेका छन् । निजी विद्यालयमा शुल्क अत्यधिक मात्रामा बढ्दा पनि विद्यार्थी नेताहरू तैं चुप मैं चुप अवस्थामा छन् । राजधानी दैनिकमा खबर छ ।