१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप छनोट : लिग च्याम्पियन मनाङ र अवहानी भिड्दै



अ+ अ-

काठमाडौँ । एएफसी कप छनोटअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशको अवहानी लिमिटेडसँग खेल्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार हुने खेलमा मनाङ जित निकाल्ने दाउमा रहेको छ ।

विराजको कप्तानीमा रहेको मनाङको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की र अशोक बराल छन्। रक्षकमा कप्तान विराज महर्जन, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, सुरव विके, प्रवेश दनुवार, छिरिङ गुरुङ, सहेद अजिज र महमद असिफ छन्। मिडफिल्डमा अञ्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, शिव श्रेष्ठ र अभिषेक रिजाल छन्। स्ट्राइकरमा अफिज ओलावाले, एडेजेजा सोमिडे र विमल राना छन्।

मनाङ रहेको समूहमा मिनेर्भा पञ्जाव एफसी, चेन्नई एफसी र ढाका अवहानी रहेका छन्। सबै टोलीले होम एन्ड अवेका आधारमा खेल्नेछन्।