काठमाडौँ । एएफसी कप छनोटअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशको अवहानी लिमिटेडसँग खेल्ने भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार हुने खेलमा मनाङ जित निकाल्ने दाउमा रहेको छ ।
विराजको कप्तानीमा रहेको मनाङको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की र अशोक बराल छन्। रक्षकमा कप्तान विराज महर्जन, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, सुरव विके, प्रवेश दनुवार, छिरिङ गुरुङ, सहेद अजिज र महमद असिफ छन्। मिडफिल्डमा अञ्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, शिव श्रेष्ठ र अभिषेक रिजाल छन्। स्ट्राइकरमा अफिज ओलावाले, एडेजेजा सोमिडे र विमल राना छन्।
मनाङ रहेको समूहमा मिनेर्भा पञ्जाव एफसी, चेन्नई एफसी र ढाका अवहानी रहेका छन्। सबै टोलीले होम एन्ड अवेका आधारमा खेल्नेछन्।