२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीबाट एक बालक सहित २८ जनाको मृत्यु, १५९५ घरमा क्षति



अ+ अ-

काठमाडौँ । आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण ज्यान गुमाउनेहरुको संख्या २८ पुगेको छ । बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाराको कलैया उपमहानगरपालिको वडा नम्बर १२ र १८, फेटा गाउँपालिकाको वडा नम्बर १, ६ र ७ हावाहुरीबाट बढी प्रभावित भएको छ ।

यसैगरी बाराकै प्रसौनी गाउँपालिकाको वडा नम्बर ४ र ६, महागढीमाई नगरपालिकाको ७, देवताल गाउँपालिकाको ७, पचतौरा नगरपालिकाको ७ र २, परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ र सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८ मा पनि हावाहुरीबाट जनधनको क्षति पुगेको छ ।



हावाहुरीका कारण ६७८ जना घाइते भएका छन् । घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।

हावाहुरीले पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं १८ र २२ तथा बौदरमाई नगरपालिकाको वडा नं ४ पनि प्रभावित भएको छ ।


पर्सामा मात्रै १२२ वटा घरमा पूर्ण र ३८७ वटा घरमा आंशिक क्षति भएको छ । तीनवटा विद्यालय, तीनवटा उद्योग र दुईवटा मन्दिररमस्जिद पनि भत्किएका छन् ।

घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन नदिन सरकारले आदेश दिएको छ ।घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


यस्तो छ बारामा भएको भौतिक क्षतिको विवरण–