३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

मृत्यु दर्ता र काजकिरिया गरिसकेपछि जहाज चढेर फिल्मी शैलीमा घर फर्किए !

मृत्यु दर्ता र काजकिरिया गरिसकेपछि जहाज चढेर फिल्मी शैलीमा घर फर्किए !
अ+ अ-

काठमाडौँ । “मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो । अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुप¥यो, सन्चो बिसन्चो के छ सोध्नुप¥यो, मासु पनि लिएर आउँछु, रिचार्ज पनि लिएर आउँछु ।” यही कल्पना गर्दै मोरङकी सन्तोषी तामाङ साइकल लिएर दोकान जाँदै थिइन्, त्यतिबेलै उनलाई साइँला देवरले फोन गरेर भने, “दाजुको पनि दुर्घटना भयो अ’ रे, अस्पतालमा छ’ रे दाइ त ।”

त्यसै दिन सन्तोषीका श्रीमान् सुवासले कम्पनीबाट तलब थापेका थिए । उनी आफूले थापेको तलब नेपाल पठाएर कम्पनी फर्कँदै थिए । कम्पनी फर्कँदै गर्दा उनीहरु चढेको ट्याक्सी दुर्घटनामा पर्छ । उक्त ट्याक्सी चलाएका थिए बागलुङका तेजेन्द्र भण्डारीले । मोरङका सुवास तामाङ र बागलुङका तेजेन्द्र भण्डारी साउदी अरेवियामा काम गर्थे । सुवास साउदीको हुण्डाइ कम्पनीमा काम गर्थे । ट्याक्सीमा सुवाससहित अन्य चार जना चढेका थिए । साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुण्डाइ कम्पनीमा काम गर्ने चार नेपालीको मृत्यु भएको घोषणा गरिदिन्छ । अस्पतालले चालक तेजेन्द्रको भने उपचार भइरहेको खबर दिन्छ ।

तेजेन्द्रकी आमा सुर्विताले पनि छोराको खबर सोध्न फोन गरिन् । फोन उठाउनेले छोराले चलाएको ट्याक्सी दुर्घटनामा परेको, तेजेन्द्रको कुनै गल्ती नभएको र कम्पनीले उपचार गराइरहेको बताउँछ । तेजेन्द्रकी आमाको मनमा केही आशा पलायो, छोरो छिट्टै ठीक हुन्छ र छोराको स्वर सुन्न पाउँछु भन्ने ढुक्क भयो । मोरङकी सन्तोषी भने श्रीमान् जीवितै होला र छिट्टै सन्चो होला भन्ठान्थिन्, उनी सोच्थिन् “मेरो आत्मामा बुढाको चैँ उपचारै भइरहेको होला, टाउकामा सेतो पट्टी बाँधेर ह्वीलचियरमा झुकेर बसेको होला ।” त्यस्तै बागलुङकी सुर्विता भण्डारी पनि त्यस्तै सोच्थिन्, “छोरीलाई फोन गर्न लाउँदा उताबाट ‘बोल्छ बोल्छ’ भन्छ, अब त मेरो नानी बोल्ला भनेर भन्छु तर बोल्दैन ।

किन बोल्दैन भनेर सोध्दा मुखमा टाँका लगाएकाले नबोलेको हो भन्छ ।” यता सन्तोषी श्रीमान् बितेको खबरबाट विक्षिप्त हुँदै गर्दा उता बागलुङकी सुर्विता छोरा सन्चो भएको खबर सुन्न भगवान्सँग प्रार्थना गरेर बसेको अवस्थामा २७ औँ दिनमा सुवासको भनिएको शव काठमाडौँ आइपुग्छ । सन्तोषी श्रीमान्को शवलाई मोरङ लगेर तामाङ परम्पराअनुसार ‘घेवा’ गर्छिन् । तर तीन महीनापछि घाइते भनेर उपचार गरिएका व्यक्तिको अनुहारको पट्टी खोलिन्छ । त्यतिबेला ती जीवित व्यक्ति बागलुङका तेजेन्द्र नभएर मोरङका सुवास रहेको पुष्टि हुन्छ । यसरी ‘म¥यो’ भनेर किरिया गरिएको मानिस जीवितै रहेको भेटिन्छ । उपचारपछि छोराको स्वास्थ्य ठीक भएको खबर सुन्न प्रतीक्षारत तेजेन्द्रकी आमा सुर्विता भण्डारीले छोराको मृत्यु भइसकेको र अरु कसैले नै दागबत्ती दिएको खबर सुन्नुपर्छ । सन्तोषीको परिवारमा केही खुशीको क्षण आए पनि सुर्विताको परिवारमा भने बज्रपात हुन्छ ।

घर नजिकै रहेको खोलामा सुर्विताले छोराको घरमा बाँकी रहेको ‘गलबन्दी’ बगाएर काजकिरिया गर्छिन् । एकमात्र छोराको निधन भएर विक्षिप्त बनेकी सुर्विता अर्कैले छोराको दाहसंस्कार गरिसकेको खबरले झन मर्माहत बन्छिन् र खोज्न थाल्छिन्, छोराको काजकिरिया भएको स्थान । तेजेन्द्रको दाहसंस्कार भएको खोजीमा सुर्विता सुवास तामाङको घरमा पुग्छिन् र छोराको दाहसंस्कार भएको स्थानमा पुगेर संस्कारअनुसारको कर्म गरेर फर्कन्छिन् । उता सुवासको भने परम्पराअनुसार ‘भकारी’मा राखेर पुनर्जन्म गरिन्छ ।

चलचित्रझैँ लाग्ने माथिको कथा छोराको स्वर सुन्न आतुर आमाले छोरो मरेको, लाश नेपाल आएको र हिन्दू संस्कार विपरीत सद्गत भइसकेको थाहा पाएपछि भोगेको पुत्रशोक तथा अर्कोतर्फ आफैँले काजकिरिया गरिसकेको लोग्ने घर फर्किएपछि एउटी श्रीमतीले भोगेको हर्ष र विष्मात्लाई उज्यालो मल्टिमिडियाले वृत्तचित्रमा उतारेको हो । करीब ४० मिनेटको उक्त वृत्तचित्रको कथा पीडामा परेका दुवै परिवारलाई भेटेर पत्रकार सञ्जिता देवकोटाले लेख्नुभएको हो । वृत्तचित्रको निर्देशन विद्या चापागाईँ र कमल कुमार तथा छायाङ्कन जीवन रिजालले गर्नुभएको हो ।

उज्यालो मल्टिमिडियाका अध्यक्ष गोपाल गुरागाईँ ‘मरिसकेको मान्छे’ वृत्तचित्र जिउँदो छँदै राहदानीमा मृतक भनी छाप लागेको, गाउँपालिकाले मृत्यु दर्ता गरिदिएको र मरिसकेको प्रमाणित भएपछि आफ्नै श्रीमतीले काजकिरिया गरिसकेपछि जहाज चढेर घर आएको जिउँदो मानिसको कथा भएको बताउनुहुन्छ । उक्त वृत्तचित्रको मङ्गलबार पीडित परिवारलाई सँगै राखेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रदर्शन गरियो । सो क्रममा तेजेन्द्रकी आमा सुर्विताले सरोकारवालाको लापरबाहीले आफूले छोराको शव देख्न नपाएको र अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको गुनासो गर्नुभयो । दुर्घटनामा परेर बल्लतल्ल बाँचेका सुवास मानसिक रुपमा अझै पनि स्वस्थ हुन सकेका छैनन् । उनी हाँसेपछि हाँसेको हाँस्यै गर्छन् कि त रिसाएपछि रिसाएको रिसायै गर्छन् । परिवारको गुजारा चलाउन अटोरिक्सा गुडाउन थालेका छन् ।

उनको मृत्यु दर्ता भइसकेको छ भने राहदानीमा मृतक भनेर छाप लागेको छ । कानूनतः उनी मृत व्यक्तिसरह भएका छन् । पीडित परिवारसँगै बसेर वृत्तचित्र हेरेपछि श्रममन्त्री गोकर्ण विष्टले दैनिक घर खर्च टार्न विदेशिएका नेपाली युवाको अनाहकमा मृत्यु हुने घटना न्यूनीकरण गर्न सुधारको प्रक्रिया थालनी गरिएको बताउनुभयो । स्वदेशमै रोजगारीको अवसर नहुँदा नेपाली युवा बाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको यथार्य स्वीकार गर्दै उहाँले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन गम्भीर ढङ्गबाट प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री विष्टले कानूनीरुपमा मृत घोषित भइसकेका व्यक्तिलाई पुनः जीवितको हैसियत प्रदान गर्न नेपालका कानूनले परिकल्पना नगरेको सन्दर्भमा मृतक भनिएका सुवास तामाङलाई जीवित रहेको कानूनी आधार प्रदान गर्न तथा जीवित भनेता पनि मृत्यु भइसकेका तेजेन्द्र भण्डारीको परिवारलाई आर्थिक सहायताका लागि समेत सरकारले पहल गर्ने बताउनुभयो ।