७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा सुधार



अ+ अ-

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव ०१ अंकले बढेको हो । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार २ अंकले बढेर नृप्से परिसूचक १ हजार १ सय ६५ दशमलव ८४ अंकमा पुगेको छ ।

नेप्सेपरिसूचकसँग बुधबार कारोबार रकममका समेत वृद्धि देखिएको छ । दिनभर भएका ७ हजार २ सय २ कारोबारबाट १ सय ७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५४ करोड ५८ लाख १८ हजार ६ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस अघि मंगलबार ३५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । बुधबार नेप्से परिसूचकमा २ अंकको वृद्धि देखिए पनि अधिकांश समूहहरु घटेर राताम्मे देखिएका छन् । बैंकिङ र विकास बैंक समूह उकालो लागे पनि अन्य सबै समूहहरु ओलारो लागेका छन् ।

कारोबार रकमका आधारमा बुधबार एनआइसी एशिया बैंक पहिलो नमबरमा देखिएको छ । यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंक दोस्रो नम्बरमा देखिएको छ ।

पहिलो नम्बरमा देखिएको एनआईसी एसियाको ४ करोड ३७ लाख ३५ हजार ७ सय ९३ रुपैयाँको कारोबार रभएको छ भने दोस्रो स्थानमा देखिएको एनसीसीको बुधबार ४ करोड १६ लाख ६६ हजार २ सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड, एनएमबी बैंक र पइम कमर्शियल बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।