७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप : मनाङ मर्स्याङ्दी पराजित



अ+ अ-

काठमाडौँ । एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । मनाङ बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग १–० गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटोमा बुधबार भएको खेलमा आबाहनीका लागि मसिस सैघानीले गोल गरेका थिए । उनको गोल नै निणर्यक बनेको हो । सैघानले खेलको २७ औं मिनेटमा कर्नर पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

अब मनाङले १७ अप्रिलमा चेनाइनसँग खेल्ने छ । यसको स्थान भने तय भएको छैन् । यसैगरी मे १ तारिखमा मिनर्भा पञ्जाबविरुद्ध कालिंगा रंगशालामा खेल्ने छ ।

त्यस्तै १५ मे मा मिनर्भासँग एन्फा मैदान, १९ जुनमा आबाहनी लिमिटेडसँग बंगबन्धु रंगशाला र २६ जुनमा चेन्नाइएनसँग एन्फा मैदानमा खेल्ने छ ।