७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : अपराजित टिम चेन्नईले मुम्बईको सामना गर्दै



अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा बुधबार चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै छन् । चेन्नई जारी आईपीएलमा अपराजित टिम हो भने मुम्बईले एक खेलमा मात्रै जित हात पारेको छ ।

गएको संस्करणको उपाधि विजेता चेन्नाई बुधबारको खेल पनि जित्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुने छ । मुम्बई पछिल्लो खेलमा पञ्जाबसँग पराजित भएको थियो ।

चेन्नईको फर्म उत्कृष्ट रहेको छ । पछिल्लो खेलमा खराब शुरुआत गरे पनि कप्तान महेन्द्रसिंह धोनीले टिमको संकट मोचन गरेका थिए । उनकै ब्याटबाट बनेको रनकै कारण चेन्नाई विजयी हुन सफल भएको थियो ।

चेन्नाईमा धोनीका साथै अल राउण्डर शेन वाट्सन, सुरेश रैना, केदार जाधव र अम्बाती रायडू जस्ता ब्याट्सम्यान छन् ।
यसैगरी डुवान ब्रावो, रविन्द्र जड्जा जस्ता बलर छन् भने वाट्सनले पनि बलिङमा जतिबेला पनि उत्कृष्ट प्रदर्शन गर्ने दक्षता राख्छन् । यसैगरी हरभजन सिंहलाई बुधबार खेलाउने सम्भावना पनि रहेको छ ।

उता मुम्बईको टिममा अझै तालमेल देखिएको छैन । क्वीन्टन डी ककको ब्याटबाट रन बने पनि रोहित शर्मा र किरन पोलार्डले रन बनाउन सकेका छैनन् ।

युवराज सिंहले ब्याट् केही हदसम्म खोले पनि धेरैबेर विकेटमा भने टिक्न सकेका छैनन् । बुधबारको खेलमा लासिथ मालिंगालाई बाहिर राखेर बेन कटिंगलाई खेलाउन सम्भावना रहेको छ ।

उक्त खेल नेपाली समय अनुसार राति सवा ८ बजे वान डे स्टेडियममा हुँदैछ ।