१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लाग्दै देउवा, जिल्ला सभापतिहरु आक्रोशित



अ+ अ-

काठमाडौं । महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत्वसंग आक्रोशित हुन ।

राजधानीको ठमेलमा वुधवार भेला भएका ५१ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको छलफल जारी छ । आज विहीवार सम्म छलफल गरी भोलि शुक्रवार बस्ने केन्द्रिय समिति बैठकले यो निर्णय नसच्चाए विशेष महाधिवेशनकालागि हस्ताक्षर संकलन गर्ने बारेमा छलफल भैरहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिएको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।