१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अबको शिक्षा विदेश जाने लाईसेन्स हुदैन : मन्त्री पोखरेल

अबको शिक्षा विदेश जाने लाईसेन्स हुदैन : मन्त्री पोखरेल
अ अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा विदेश जाने लाइसेन्स बन्न नहुने बताएका छन् ।

पोखरा विश्वविद्यालयको सोह्रौं दीक्षान्त समारोहमा उनले रोजगारीका लागि देशको जनशक्ति विदेशिनु राष्ट्रको समृद्धि र विकासका लागि बाधक हुने बताए ।

‘शिक्षा मानवजातिको एउटा अनमोल सम्पत्ति हो, आभूषण वा गहना हो’, शिक्षा मन्त्री पोखरेलले भने, ‘शैक्षिक संस्था सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सीप सिक्ने सिकाउने थलो भएकाले मानवजातिलाई सभ्य, दक्ष र ज्ञानी बनाउनु आजको आवश्यकता छ ।’

समयको मागलाई आत्मसात् गरी त्यही किसिमको शिक्षा नीति आउने क्रममा रहेको उनले जानकारी दिए । दीक्षान्त समारोहमा विभिन्न सङ्कायका पाँच हजार ५२८ विद्यार्थी दीक्षित भएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले विभिन्न संकायका डीन लिस्टमा पर्न सफल विद्यार्थीलाई दीक्षित गरे ।

अहिलेको शिक्षा प्रणालीमा नैतिक शिक्षाको अभाव रहेको बताउँदै उनले आदर्श र मर्यादापूर्ण विद्या आर्जनको सट्टा बन्द, हडताल र आन्दोलनले प्रश्रय पाएकामा दुःख व्यक्त गर्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका चार आङ्गिक महाविद्यालय, चार संयुक्त आङ्गिक महाविद्यालय र ५८ सम्बन्धन प्राप्त महाविद्यालयमार्फत विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको प्रा चिरञ्जीविप्रसाद शर्माले जानकारी दिए ।

विश्वविद्यालयमा कुल ५६ कार्यक्रम सञ्चालनमा रहेका छन् । दीक्षान्तका अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्न सफल विज्ञान तथा प्रविधि संकायका सुशील तिमिल्सेना र व्यवस्थापन संकायकी दिव्याज्योति पण्डितलाई कुलपति पदकबाट सम्मान गरिएको थियो ।

स्नातक तहको व्यवस्थापन संकायका प्रनिसा घिसिङलाई उपकुलपति पदक प्रदान गरिएको थियो । त्यस्तै विसं २०७५ को ओसीम गोल्ड मेडलबाट कम्युटर एप्लिकेशन स्नातक तहमा सबैभन्दा बढी अंक ल्याउने नविनकुमार कलवारलाई सम्मान गरिएको थियो भने लक्ष्मी हाउस पोखराले स्थापना गरेको लक्ष्मी विद्या पदकबाट व्यवस्थापन संकायकी दिव्याजोति पण्डितलाई पुरस्कृत गरिएको थियो । राजधानी दैनिकमा खबर छ ।