७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाले भने : म पार्टीको महाधिवेशन गर्दिन, दम भए गरेर देखाउ



अ+ अ-

विरानगर । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन असन्तुष्टि पक्षलाई चुनौती दिएका छन् । उनले विधान अनुसार विशेष महाधिवेशन डाक्ने अन्तिम अधिकार सभापतिमै भएको कारण महाधिवेशन नडाक्ने प्रष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको बताए । देउवलो भने ‘पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन म चुनौती दिन्छु, यदि कसैले महाधिवेशन गरेर देखाउछ भने म पार्टी सभापतिको हैसियतले त्यसलाई फेस गर्न तयार छु ।’

सभापति देउवाले पार्टीभित्र धेरै जिल्ला सभापतिहरु असन्तुष्ट नरहेको दावी गरेका छन् । तर उनले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको भेलाप्रति भने असन्तुष्टि जनाएका छन् ।

सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरे । पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध गरिरहेको उनले बताए ।