७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनको तयारीमा रहेका १५ शिक्षक पक्राउ



अ+ अ-

काठमाडौँ । अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार काठमाडौाको माइतीघर मण्डलामा अनशनको तयारी गरेका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले माइतीघर मण्डलामा क्षेत्र निषेधित भएकाले १५ शिक्षकलाई नियन्त्रण गरेको जनाएको छ ।

शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।