२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिंगी कानुनमा कठोर बन्दै राज्य, यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने



अ+ अ-

ब्रुनाई । दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाईले समलिंगीहरुलाई लक्षित गरेर नयाँ इस्लामिक कानुन बनाएको छ । इस्लामिक कानुन कानुन अनुसार अब समलिंगी यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने छ ।

चौतर्फी आलोचनाका बाबजुद पहिलो पटक २०१४ मा सरिया कानुन घोषणा गर्दै द्वैधकानुन लागू गरिएको थियो । जसअनुसार सरिया र सामान्य गरी २ खालका कानुन लागू छन् । यसअनुसार पछिल्लो चरणमा यो कानुन लागू गरिएको हो ।

बुधबार सार्वजनिक रूपमा सम्बोधन गर्दै सुल्तान हस्सनल बोल्कियाहले थप कडा इस्लामिक कानुन लगाउने बताएका थिए ।‘म यस देशमा इस्लामिक शिक्षा थप मजबुत भएको देख्न चाहन्छु,’ उनले भनेका छन् । ब्रुनाईमा समलैंगिकता पहिलेदेखि नै प्रतिबन्धित छ ।

ब्रुनाईमा बनेको यस कानूनमा अभियुक्तले अपराध स्वीकारेमा या समलिंगी सम्बन्ध कायम गर्दागर्दै रंगेहात समातिएमा यस्तो सजाय दिने प्रावधान राखिएको हो  ।यस्तो सम्बन्ध कायम भएको पाइए १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान यसअघि नै छ ।

यो कानुन सामान्यतः मुस्लिम समुदायमा लागू गरिने जनाइएको छ । तर अपवादमा भने अन्य समुदाय पनि कारबाहीको दायरामा आउने जनाइएको छ । यो कानुनको अन्तर्राष्ट्रिय रूपमा विरोध गरिएको छ ।

संयुक्त राष्ट्रसंघले यो कानुनलाई त्रूर, अमानवीय र अपमानजनक भनेको छ । यस्तै, अमेरिका, फ्रान्स र अस्ट्रेलियाले पनि यसको विरोध गरेका छन् ।