२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको निर्णय : सवारी करमा बृद्धि



अ+ अ-

काठमाडौँ । अब सडक प्रयोग गरेबापत सावारी धनिले थप कर तिर्नु पर्ने भएको छ । गत चैत १४ गतेको मन्त्रिपरिषद बैठकले सवारी करमा बृद्धि गर्ने निर्णय गरेको हो ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै बैठकले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको बताए ।

त्यस्तै बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको छ । अबदेखि टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन फोहोर मैला व्यवस्थापन विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अवदेखि हड्ताल गर्न नपाइने गरी निर्णय गरेको भन्दै यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने बताए ।

यस्तै युनाइटेड सिमेन्टको नौविसेस्थित सिमेन्ट कारखानासम्म जानको लागि बाटो बनाउन धादिङको धुनेबेसीमा रहेको ० दशमलब १७ हेक्टर बन फडानी गर्ने निर्णय पनि गरेको छ ।