७ पुष २०८२, सोमबार
,
Latest
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास उद्योगीहरुले आन्दोलनको घोषणा गरे,बुलेटहरु भन्सारबाट नछुटाउने



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमको प्रतिवद्धता पुरा नभएको भन्दै ग्यास उद्योगीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

१० बुँदे मागबारे ग्यास उद्योगीहरुको मागबारे अध्ययन गर्न बनाएको समितिले २० गतेसम्म यसबारे कुनै निर्णय नगरेको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघले भोलिदेखि पीडीओ खरिद तथा ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बुलेटहरु पनि भन्सारबाट नछुटाउने र २८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने बताएको छ ।

चैत ३० गतेबाट ग्यास विक्री वितरण नै बन्द गर्ने एलपी ग्यास उद्योग संघले घोषणा गरेको छ ।