११ असार २०८३, बिहीबार
,
Latest
फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ? उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बी डिभिजन लिगः बीरगञ्ज युनाईटेड र खुमलटार विजयी



अ+ अ-

काठमाडौं । बीरगञ्ज युनाईटेड र खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा बुधबार आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै तालिकामा तीन अंक जोडेका छन् । 

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बीरगञ्ज युनाईटेडले सामाजिक युथ क्लब र खुमलटारले बाँसबारी क्लबमाथि समान १–० जित  निकाल्दै तालिकामा तीन अंक जोड्न सफल भएका हुन । दिनको दोस्रो खेलमा बीरगञ्ज युनाईटेडलाई सामाजिक युथ क्लबविरुद्ध जित दिलाउन कृपा कान्त महतो थारुले ७१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । जितसँगै बीरगञ्जले ३ खेलबाट ४ अंक जोडेको विरगंज चौथों स्थानमा उक्लिएको छ । यता ३ खेलमा केवल १ अंक जोडेको सामाजिक युथ १४ टिम सम्मिलित लिग तालिकाको पुछारमा पुगेको छ ।  

बी डिभिजन लिग अन्तर्गत बुधबारै सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीविरुद्ध जित निकाल्न खुमलटारले ३०औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । कप्तान सविन केसीले गोल गर्दै टोलीलाई पहिलो हाफमा दिलाएको अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको थियो । यससँगै खुमलटारले जारी लिगमा दोस्रो जित निकालेको छ । तीन खेलबाट ६ अंक जोड्दै खुमलटार लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बाँसबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बाँसबारीले तीन खेलमा केवल १ अंक जोडेको छ ।

बी डिभिजन लिग अन्तर्गत दिनको तेस्रो खेलमा चर्चब्वाईजले मध्यपुर युथ एसोसियनलाई २–० गोल अन्तरले पराजित भयो । चर्च ब्वाईजका आशिष चौधरीले ४३औ मिनेटमा गर्दै टोलीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दोस्रो मिनेटमा नै गोल गर्दै चर्चब्वाईजले गोल गर्दै लिएको अग्रता नै जितका लािग पर्याप्त बन्यो । कुबेर न्यौपानेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । यस जितसँगै चर्च ब्वाईजले तीन खेलबाट ९ अंक जोडेको छ । पराजित मध्यपुरको तीन खेलबाट ३ अंक छ ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) तथा दोस्रो खेल टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ए लिगमा बढुवा हुने छन भने पुछारका दुई टोली सी डिभिजनमा घटुवा हुनेछन् ।