७ पुष २०८२, सोमबार
,
Latest
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएको एसईई परिक्षा आजदेखि



अ+ अ-

काठमाडौं । प्रदेश नं. २ मा रद्द र स्थगन भएका विषयको परीक्षा आजदेखि शुरु हुँदैछन् । लगातार चार दिन प्रश्नपत्र बाहिरिएपछि रद्द परीक्षा भएको हो ।

चैत्र १० देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई परिक्षामा लगातार चौथो दिन रद्द भएको विज्ञान विषयको परीक्षा चैत्र २२ गतेका लागि तोकिएको थियो भने बाँकी विषयको परीक्षा भने २३ गतेबाट गर्ने परीक्षा बोर्डले निर्णय गरेको थियो ।

आज बिहान ८ बजेदेखि विज्ञान विषयको परीक्षा हुँदैछ भने भोली शनिबार सामाजिक, पर्सी आइतबारदेखि ऐच्छिक विषयका परीक्षा हुनेछन् । चैत्र २९ गते परीक्षा सम्पन हुनेछ ।

यस्तै परीक्षा अवधिभर मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन मोबाइल प्रयोग गर्न गर्न नदिने निर्णय भएको प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले बताए ।