३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका अस्पतालमा सेवा ठप्प, माग पूरा नगरे सामूहिक राजीनामा दिने चेतावनी



अ+ अ-
फायल फोटो

काठमाडौ । देशभरका अस्पतालमा सरकारी चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्।

सरकारले कर्मचारी समायोजन प्रतिबद्धता विपरीत गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारदेखि सेवा ठप्प पार्ने निर्णय गरेको गोदानका महासचिव डा रविन खड्काले बताएका छन् ।

बुधबार गोदानले डाकेको आकस्मिक बैठकले सो निर्णय गरेको थियो। संघले डाक्टरको दरबन्दी संघ अन्तर्गत राख्दै आवश्यकता अनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ।

यसका साथै सरकारले चिकित्सकहरुको माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् । सरकारको निर्णयका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरु नै चिकित्सकविहीन हुने अवस्था आएको भन्दै निर्णय सच्याउनु पर्ने गोदानको भनाइ छ ।




भर्खरै