७ पुष २०८२, सोमबार
,
Latest
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी ग्राउन्डमा फुटबलका भगवान हुन् : पोप



अ+ अ-

भ्याटिकन सिटीको क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सीलाई भगवानको सम्मान दिएको भन्दै आपत्ति जनाएका छन् ।

पोप फ्रान्सिसले मेस्सीलाई भगवान भनेर भगवानको दर्जा दिनु भगवानकै अपमान गर्नु रहेको बताए ।एक स्प्यानिश टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा फ्रान्सिसले भनेका छन्, ‘मेस्सी ग्राउन्डमा फुटबलका भगवान हुन्, यो भावनालाई प्रदर्शित गर्ने तरिका हुनसक्ला ।यो ‘म तपाईंमाथि श्रद्धा राख्छु’ भन्ने एउटा तरिका पनि हुनसक्ला । तर पूजा त भगवानको मात्रै हुनसक्छ ।’

मेस्सीले अर्जेन्टिनाका लागि एक सय २९ म्याच खेलदा ६५ गोल हानेका छन् । उनले चारवटा विश्वकप खेलिसकेका छन् तर अहिलेसम्म आफ्नो टीमलाई विश्व च्याम्पियन बनाउन सकेनन् ।

क्लब म्याचमा मेस्सीको रेकर्ड उत्कृष्ट रहेकोछ । उनले स्पेनको बार्सिलोनाका लागि ४४६ खेलमा ४१५ गोल हानेका छन् । उनले पाँच पटक फिफा ‘बेलेन डी’ओर’ अवार्ड जितिसकेका छन् । तीनपटक युरोपको बेस्ट फुटबलर पनि छानिइसकेका छन् ।