१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

मेस्सी ग्राउन्डमा फुटबलका भगवान हुन् : पोप

मेस्सी ग्राउन्डमा फुटबलका भगवान हुन् : पोप
अ अ+ अ-

भ्याटिकन सिटीको क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सीलाई भगवानको सम्मान दिएको भन्दै आपत्ति जनाएका छन् ।

पोप फ्रान्सिसले मेस्सीलाई भगवान भनेर भगवानको दर्जा दिनु भगवानकै अपमान गर्नु रहेको बताए ।एक स्प्यानिश टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा फ्रान्सिसले भनेका छन्, ‘मेस्सी ग्राउन्डमा फुटबलका भगवान हुन्, यो भावनालाई प्रदर्शित गर्ने तरिका हुनसक्ला ।यो ‘म तपाईंमाथि श्रद्धा राख्छु’ भन्ने एउटा तरिका पनि हुनसक्ला । तर पूजा त भगवानको मात्रै हुनसक्छ ।’

मेस्सीले अर्जेन्टिनाका लागि एक सय २९ म्याच खेलदा ६५ गोल हानेका छन् । उनले चारवटा विश्वकप खेलिसकेका छन् तर अहिलेसम्म आफ्नो टीमलाई विश्व च्याम्पियन बनाउन सकेनन् ।

क्लब म्याचमा मेस्सीको रेकर्ड उत्कृष्ट रहेकोछ । उनले स्पेनको बार्सिलोनाका लागि ४४६ खेलमा ४१५ गोल हानेका छन् । उनले पाँच पटक फिफा ‘बेलेन डी’ओर’ अवार्ड जितिसकेका छन् । तीनपटक युरोपको बेस्ट फुटबलर पनि छानिइसकेका छन् ।