
काठमाडौं । एक इजरायली नागरिकले ७३ वर्षको उमेरमा फुटबल खेलेर गिनिज वल्र्ड रेकर्ड्समा नाम लेखाएका छन् ।
इसाक हायिक नामका एक वृद्धले शुक्रबार इजरेली क्लब इरोनी ओर येहुदाबाट गोलरक्षक बनेर ९० मिनेट पुरै खेल खेलेका थिए । उनले आफू वृद्धावस्थामा भए पनि खेलका लागि तयार रहेको बताएका थिए । उनले खेलेका थिए ।
उनको टिम ५–१ गोलले पराजित भए पनि उनले निकै राम्रो प्रदर्शन गरेका थिए । उनले आफ्नो प्रदर्शनलाई इजरायलको गौरवको विषय भएको प्रतिक्रिया दिएको समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।









