७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइको स्थानमा एसइई परीक्षा दिने दाइ पक्राउ



अ+ अ-

लहान । एसइईमा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइत रहेका छन् ।

अमनकुमारलाई मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ ।