
टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण र्ने भएका छन् । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) को बैठक गर्ने भएपछि आबेको उक्त भ्रमणलाई सकारात्मक रुपमा लिइएको छ ।
आबेको उक्त भ्रमण आगामी अप्रिल २२ देखि २९ सम्म हुनेछ । यस भ्रमणका क्रममा उनले इटाली, बेल्जियम र स्लोभाकियाको पनि संक्षिप्त भ्रमण गर्ने जापानको विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले अमेरिका र जापानबीचको व्यापारका बारेमा पनि छलफल गर्ने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको असन्तुलित व्यापारलाई सही मार्गमा ल्याउन द्वीपक्षीय सम्झौता गर्न चाहेका छन् ।
ट्रम्पले पनि आगामी मे मा जापानको भ्रमण गर्ने सम्भावना रहेको छ ।









