२० भाद्र २०८३, शनिबार
,
Latest
दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महत्तोको सरकारसँग माग : हुरी पीडितको घर निर्माणको काम तत्कालै सुरु गर



अ+ अ-

वीरगन्ज । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले हुरीबाट घरबार विहिन भएकाहरुको घर निर्माणको काम तत्कालै सुरु गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बिहान नेशनल मेडिकल कलेज पुगेका महतोले हुरीका घाइतेहरुलाई भेट्दै पुर्नस्थापनाका लागि तत्कालै घर निर्माणको काम थाल्न सरकारसँग माग गरेका हुन्।

नेशनल मेडिकल कलेज पुगेका महतोले भने,‘हावाहुरी र वर्षातको मौसम अब सुरु हुदैछ, अहिलेको अस्थायी पाल र टेन्टले पानी र हावा थेग्न सक्दैन ।

बारा र पर्साका पिडितहरुका लागि संघीय सरकारले प्रदेश सरकारको समन्वयमा स्थायी घर निर्माण गर्ने घोषणा चैत २२ गते नै गरिसकेको छ।