
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा धान गहुँ मकै कोदोको उत्पादन भइरहेको भन्दै बाहिरबाट आउने खाद्यान्न जिब्रोको स्वादका लागि मात्र भएको बताएका छन् ।
उनले नेपालमा नपुग्ने खालको उत्पादनबाट भोकमरीको अवस्था नआउने भन्दै हाम्रै देशको उत्पादनले पुग्ने बताए ।
शुक्रबार आयोजित कार्यक्रममा ओलीले प्रधानमन्त्री भने ‘नेपालमा नपुग्ने खालको उत्पादन छैन् उत्पादन भइरहेकै छ, धान गहुँ मकै कोदोको उत्पादन भइरहेको छ, त्यो हामीलाई पुग्छ’ उनले भने ‘अरु खोज्नु जिब्रोको स्वादको कुरा हो ।’
उनले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने पनि दावी गरे ।









