७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले सैन्य आक्रमणको योजना बनाइरहेको पाकिस्तानको दाबी



अ+ अ-

काठमाडौं । भारतले पाकिस्तानमाथि यही महिना सैन्य आक्रमणको योजना बनाइरहेको पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैशीले आरोप लगाएका छन् । कुरैशीले आफ्नो मुलुकमाथि कुटनीतिक दबाब बढाउन भारतले आक्रमणको प्रयास गरिरहेको बताए ।

भारतीय विदेश मन्त्रालयका प्रबक्ता रभिस कुमारले भने पाकिस्तानसँग युद्ध उन्माद भएको प्रतिक्रिया दिएका छन् । । आतंकवादी संगठनलाई भारतमाथि आक्रमणका लागि उत्तेजित पार्न पाकिस्तानले यस्तो आरोप लगाएको उनको भनाई छ ।

भारत प्रशासित कश्मीरमा एक लडाकु समुहले गरेको आक्रमणमा दर्जनौं भारतीय सैनिकको ज्यान गएपछि दुबै मुलुकबीचको सम्बन्ध थप चिसिएको छ ।

सो घटनापछि भारतले पाकिस्तानी क्षेत्रमा हवाई हमला समेत गरेको थियो भने पाकिस्तानले सो हमलाको जवाफ स्वरुप भारतीय लडाकु विमान खसालेको थियो ।