१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाम जादै गरेको बस दुर्घटना, ३१ जना घाईते



अ+ अ-

कैलाली । धनगढीबाट अछाम जादै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन्।

धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस डढेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–११ धनगाड नजिक मंगलबार राति करिब २ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बस ब्रेक फेल भएर मोडमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। घाइते ३० जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

घाइतेहरु अधिंकाश अछामका रहे पनि परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। बसमा ५० जनाभन्दा बढी यात्रु रहेका बताइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।