
काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत आज मुम्बई इण्डियन्स र किंग्स इलाभेन पञ्जाब आमनेसामने हुँदैछन् । ।
अहिलेसम्म २३ खेलमा आमनेसामने हुँदा १२ मा मुम्बई र ११ मा पञ्जाव विजयी भएका छन्
मुम्बईको घरेलु मैदान वानखडेमा यी दुई टिम ८ पटक भिड्दा दुवैले ४–४ खेल जितेका छन् । पञ्जाबले मुम्बईलाई २०१७ मा पराजित गरेको थियो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले मुहालीमा हारको बदला लिने प्रयासमा हुने छ ।
आश्विनको कप्तानीमा रहेको पञ्जाबले घरेलु मैदान मोहालीमा ८ विकेटले मुम्बईलाई पराजित गरेको थियो ।
वानखडे स्टेडियममा घरेलु टोली मुम्बईले चेन्नईलाई पराजित गरेको थियो भने हैदराबादको मैदानमा उसैलाई पराजित गर्दै उच्च लय कायमै गरेको छ । आजको खेल अघिसम्म पञ्जाबले ६ खेलबाट ८ अंक जोड्दा एक खेल कम खेलेको मुम्बईले ६ अंक जोडेको छ ।
नेपाली समय अनुसार ो खेल रातको सवा ८ बजेबाट सुरु हुनेछ ।









