९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रदेशसभा सदस्यले रु एक करोडको योजना पाए

प्रदेशसभा सदस्यले रु एक करोडको योजना पाए
अ अ+ अ-

हेटौँडाः प्रदेश नं ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बुधबार बसेको बैठकले प्रदेश विकास आयोजना सञ्चालन गर्ने कार्यविधि २०७५ स्वीकृति गरेको छ ।

कार्यविधि अनुसार प्रदेशसभाका प्रत्येक सदस्यले आआफ्नो निर्वाचन क्षेत्रमा रु एक करोडसम्म खर्च गर्न पाउने गरी अधिकार प्रत्योजन गरिएको छ।

प्रदेशसभाको बुधबारको बैठकमा विशेष समय लिई सदस्यहरूले काठमाडौँस्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्ने क्रममा स्थानीय सर्वसाधारणको १८८ रोपनी जग्गा अधिग्रहण गरिए पनि जग्गाधनीलाई हालसम्म पनि सम्बन्धित निकायबाट मुआब्जाको रकम वितरण हुन नसकेकाले यथाशीघ्र मुआब्जा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

विशेष समयमा सदस्य नारायणबहादुर सिलवाल, छिरिङ्गदोर्जे लामा, शान्तिप्रसाद पौडेल, विनोदराज खड्का, कृष्णप्रसाद खनाल, विजया केसी, पुकार महर्जन, शोभा शाक्य र रामेश्वर फुयाँलले बोल्नुभएको थियो ।

बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव राख्नुभएको थियो ।

उक्त विधेयकको सैद्धान्तिक पक्षको छलफलमा प्रदेशसभाका सदस्य सहभागी हुँदै हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि प्रतिष्ठानको स्थापना गर्न लागिएकामा प्रसन्नता व्यक्त गर्नुभयो ।

उहाँहरुले दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा प्रतिष्ठानले सञ्चालन गर्ने शिक्षण अस्पतालमा विपन्न समुदायका विद्यार्थीलाई अध्ययन गर्न पूर्णकालीन छात्रवृत्ति उपलब्ध गराउन माग गर्नुभयो । उहाँहरुले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन र सर्वसाधारण जनतालाई स्वास्थ्योपचार कार्यमा सहज र सुलभ ढङ्गबाट चिकित्सक उपलब्ध गराउने क्रममा सरकारले जनमुुखी र दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो ।

उक्त प्रस्तावमा लक्ष्मण ढकाल, भावना सुवेदी, सिर्जना सैँजु, रीता माझी, रीना गुरुङ, राजकाजी महर्जन, जीवन डङ्गोल र फुयाँलले बोल्नुभएको थियो ।

मन्त्री दुलालले प्रदेशसभाको बैठकमा सदस्यले उठाएको जिज्ञासाको उत्तर दिँदै राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्वास्थ्योपचार सेवालाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न उक्त विधेयक ल्याइएको बताउनुभयो ।

उहाँले विपन्न समुदायका विद्यार्थीलाई अध्ययनको अवधिमा निष्पक्ष ढङ्गबाट छात्रवृत्ति उपलब्ध गराइने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आगामी वैशाख ३ गते अपराह्न १ बजे बस्ने जानकारी दिनुभयो ।