२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमार्फत सौदाबाजी गर्ने पक्राउ



अ+ अ-


काठमाडौँ: सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई सौदाबाजी गर्ने एक जनालाई प्रहरीको महानगरीय अपराध महाशाखा काठमाडौँले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने २६ वर्षीय केशवराज भट्ट रहेका छन् ।

भट्टले सामाजिक सञ्जालको दुरुपयोग गरी नक्कली फेसबुक खोली उच्च पदमा रहेका अधिकृतको फोटो राखेर युवतीलाई साथी बनाई सौदाबाजी गर्ने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनले आफू उच्च खानदानको भएको र नेपाल सरकारको शाखा अधिकृत भएकाले विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाइ युवतीलाई विश्वासमा पारी रकमसमेत ठगी गरेको खुल्न आएको छ ।

पीडित युवतीले महाशाखामा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा मङ्गलबार काठमाडौँको गौशालाबाट भट्टलाई पक्राउ गरिएको हो ।

उनलाई विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौँलाई बुझाइएको महाशाखाले जनाएको छ ।