
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।
मृत्यु हुनेमा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरी रहेका छन् । गएराति चौधरी सभार १५ प ९९७९ नम्बरको मोटरसाइकललाई बा ३ च ७९६२ नम्बरको कारले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।









