७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्तिको सिफारिशप्रति फोरमको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ ।

बुधबार फोरमका महासचिव शम्भुबहादुर खड्काद्धारा जारी प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँग सम्बद्ध इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहित भएको उल्लेख गरेको छ ।

इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहि गरे न्याय सम्पादनको कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने उसले चेतावनी दिइएको छ ।

परिषद्ले यही चैत १९ गते सर्वोच्च अदालतमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र वकिल मनोजकुमार शर्मा र प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस गरेको थियो ।

उच्च अदालतमा भने १८ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । सिफारिश भएका १८ जना न्यायाधीशले बुधबार नै पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।