१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्तिको सिफारिशप्रति फोरमको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ ।

बुधबार फोरमका महासचिव शम्भुबहादुर खड्काद्धारा जारी प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँग सम्बद्ध इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहित भएको उल्लेख गरेको छ ।

इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहि गरे न्याय सम्पादनको कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने उसले चेतावनी दिइएको छ ।

परिषद्ले यही चैत १९ गते सर्वोच्च अदालतमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र वकिल मनोजकुमार शर्मा र प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस गरेको थियो ।

उच्च अदालतमा भने १८ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । सिफारिश भएका १८ जना न्यायाधीशले बुधबार नै पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।