१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

युनाइटेडका प्रशिक्षक भन्छन् : हामी बार्सिलोनाकै मैदानमा गोल हान्छौं

युनाइटेडका प्रशिक्षक भन्छन् : हामी  बार्सिलोनाकै मैदानमा गोल हान्छौं
अ अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनर सोल्सायरले बार्सिलोनाविरुद्ध क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाकै मौदानमा गोल हान्ने बताएका छन् ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति घरेलु मैदानमा भएको पहिलो लेगमा हार व्यहोरेपछि पत्रकारहरुसँग बोल्दै सोल्सायरले क्लबले अवे खेलमा गोल निकाल्ने दाबी गरे ।

हामी एक स्पेनिस महारथी क्लब बार्सिलोनाको टोलीसाग खेल्दै छौं । यो कठिन छ । तर हामीले त्यहाँ गोल गर्नु पर्छ, प्रशिक्षक सोल्सायरले भने, दिमागमा गोल राखेर जाने छौं ।

बिहिबार राति भएको खेलमा युनाईटेड बार्सिलोनासाग १–० गोल अन्तरले पराजित भएको थियो । खेलको १२औं मिनेटमा लुका शाले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बनेको थियो ।

प्रशिक्षक सोल्सायरले बार्सिलोनाविरुद्धको दोस्रो लेगमा लिगको अन्तिम १६ अन्तर्गत पीएसजीविरुद्ध निकालेको जितले प्रेणित गर्ने बताए । युनाईटेडले लिग अन्तर्गत अन्तिम १६ मा पीएसजीविरुद्ध पहिलो लेगमा पछि परेपनि पुनरागमन गर्दै जित निकालेको थियो ।

कप्तान लियोनेल मेस्सीको पासमा लुइस सुआरेजको प्रहारलाई गोल लाइनबाट रोक्ने प्रयास गर्दा लुकाले आत्मघाती गोल गर्न पुगेका थिए । भिएआरको सहायतामा उक्त गोललाई आत्मघातीको मान्यता दिएको थियो ।

जितसँगै बार्सिलोनाले नयाँ रेकड बनाएको छ । यो भन्दा अघि युनाइटेड र बार्सिलोनासँग हारेको थिएन । पछिल्लो ११ बर्षको इतिहास हेर्दा बार्सिलोना र युनाइटेड ६ पटक प्रतिस्पर्धा गरेका थिए। जहाँ दुबै टोलीको नतिजा समान थिए ।

बार्सिलोनाले युनाइटेडलाई युरोपिनयन प्रतियोगितामा उसकै घरमा पहिलो जितसमेत दर्ता गरेको छ । यसअघि बार्सिलोनाले यस प्रतियोगितामा कहिल्यै पनि युनाइटेडलाई उसकै घरमा हराउन सकेको थिएन ।