२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाले बैरीका विरुद्ध ज्यानको परवाह नगरी नेपालको रक्षा गरे : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको इतिहास र एकीकरण नेपाली सेनासँग अन्योन्याश्रित रुपमा जोडिएको बताएका छन् ।

नेपाली सेना सहायक सेनानी दर्जा तालिमको आयुक्त पद प्रदान कवाजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने राष्ट्रिय एकीकरणबाटै स्थापित नेपाली सेनाले विभिन्न कालखण्डमा नेपाल आमाको अस्तित्वमाथि धावा बोल्ने बैरीका विरुद्ध ज्यानको परवाह नगरी नेपालको रक्षा गरेको प्रसंग तपाईहरु माझ सगर्व स्मरण गर्न चाहन्छु।’


प्रधानमन्त्री ओलीले बर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेश ज्यादै तरल, जटिल र अन्तर सम्बन्धित रहेको बताए ।

अन्तराष्ट्रिय आतंकवाद, जातिय तथा धार्मिक अतिवाद, आन्तरिक द्वन्द्व तथा विद्रोह आजका ठूला सुरक्षा खतरा भएको भन्दै देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना सदैव सजग र सतर्क रहन निर्देशन समेत दिए ।