१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अब सबैको बैंक खाता,यस्तो छ कारण !

अब सबैको बैंक खाता,यस्तो छ कारण !
अ अ+ अ-

– रमेश लम्साल

आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम । यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरु गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो ।

‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाउने कार्यक्रम समावेश गरेको छ । सोही कार्यक्रमलाई सफल बनाउने लक्ष्यका साथ आजदेखि सबै नेपालीको बैंक खाता खोल्ने अभियान शुरु भएको हो ।

वित्तीय रुपमा नेपाली नागरिकलाई सबल, सक्षम एवम् जागरुक बनाउने र सबै आर्थिक कारोवार बैंक खातामार्फत गर्ने गरी अभियान शुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय साक्षरतालाई जोड दिँदै सबै नेपाली यस अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । प्रधानमन्त्रीको शब्दमा ‘पहिले पहिले थैलीका दिन थिए ।

अब चेकका दिन आए ।’ यस्तै अर्थमन्त्री डा खतिवडाले पनि सबै नेपालीको बैंक खाताले वित्तीय पुहँच स्थापित हुने बताउनुभयो । सबै नेपालीलाई सरल रुपमा वित्तीय पहुँच कायम गर्ने लक्ष्यका साथ २८ वटै ‘क’ वर्गका वाणिज्य बैंकले बैंक खाता खोल्ने गरी व्यवस्था मिलाइएको छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले सबै नेपालीलाई बैंक खाता खोल्नका लागि सहजीकरण गर्नेछ । सरकारको आग्रहअनुसार नै बैंकले नयाँ खाता खोल्नेलाई रु एक सय सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराउनेछ । सो अभियानअन्तर्गत बैंक खाता खोल्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

बरु बैंकले नै त्यस्ता खातावालालाई रु एक सय उपलब्ध गराउनेछ । शहरी क्षेत्रमा विशेषगरी रोजगारी तथा अध्ययन, व्यापार–व्यवसायमा संलग्नले अनिवार्य रुपमा बैंक खाता खोलेका छन् । एकै व्यक्तिको पनि दुईभन्दा बढी बैंक खाता छन् । तथ्याङ्क विभागका अनुसार हाल नेपालीको जनसङ्ख्या करीब दुई करोड ९० लाख छ । नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् । यस आधारमा हेर्दा कूल जनसङ्ख्याको थोरैको मात्र बैंक खाता नभएको जस्तो देखिन्छ ।

तर यर्थाथ भने फरक छ । एकै व्यक्तिका धेरै बैंक खाता छन् । ग्रामीण तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा बैंक खाता खोल्नुपर्छ भन्ने चेतनासमेत पुगेको छैन । बैंक खाता खोल्न रहेको झन्झटिलो प्रक्रियालाई केन्द्रीय बैंकले सहजीकरण गरेको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीका अनुसार बैंक खाता खोल्नका लागि सहजीकरण गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई थप सहजीकरण गर्दै नयाँ कार्यक्रम शुरु गरिएको छ । निजी क्षेत्रका वाणिज्य बैंकहरुले पनि बैंक खाता खोल्ने सरकारको अभियानमा साथ दिने गरी आवश्यक प्राक्रिया अगाडि बढाएका छन् । एनआइसिएशिया बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंकले विभिन्न नाम दिएर खाता खोल्ने अभियान यसअघि नै शुरु गरिसकेका थिए ।

नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार वित्तीय रुपमा सबै नेपाली नागरिकलाई जागरुक बनाउँदै बैंकिङ प्रणालीमा ल्याउन बैंक खाता अभियान महत्वपूर्ण कार्यक्रम हो । सो कार्यक्रममा २८ वटै वाणिज्य बैंक सहभागी छन् । खाता खोल्नका लागि सरल र सहज प्रक्रिया मिलाइएको ढुङ्गानाको भनाइ छ । एनआइसिएशियाले त सोही अभियान सँगै ‘एक नेपाली एक डिम्याट खाता’ कार्यक्रमअगाडि बढाएको छ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सबै नेपालीलाई जलविद्युत् आयोजनाको शेयर उपलब्ध गराउने निर्णय गरेकाले हितग्राही खाता जरुरी रहेको छ ।

नयाँ खाताका लागि नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये आफूसँग जुन उपलब्ध छ, त्यही लिएर बैंकका शाखामा जानुपर्नेछ । यस्तै स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्रबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ । अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७१७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । चालू आवको अन्त्यसम्म सकेसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको तयारी छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ को माघसम्म कूल ७११ स्थानीय तहमा बैंकका शाखा पुगेका थिए । (रासस)