१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

खान जाने हो केराको मम ?

खान जाने हो केराको मम ?
अ अ+ अ-

दुर्गा देवकोटा

केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् ।

हमालले १३ वर्षअघि विगतमा फलफूलका रुपमा मात्रै प्रयोग गरिने केराखेती गर्न शुरु गरे । उनले केराखेती सँगै केराका परिकार बनाएर बेच्न थाले । “शुरु शुरुमा उनलाई धेरैले विश्वास गरेनन्, केराको परिकार के मीठो होला र ? भन्थे,” हमाल भन्छन् – “टीकापुर नगरपालिकाको मनिकापुरमा केराका परिकार मात्रै पाइने बनाना रेस्टुराँ खोलें । यो रेस्टुराँको चर्चा टीकापुरमा मात्रै सीमित रहेन ।” उनी थप्छन् – “टीकापुर घुम्न आउने हरेक जसो पर्यटक रेस्टुराँमा पुग्न थाले । कोही कोही केराको परिकार खानकै लागि समेत पुग्न थाले ।

केराका परिकार सबैले रुचाए । धेरै मानिस टीकापुर पार्क जानुभन्दा पनि केराका परिकार खानकै लागि आउंछन् ।” हमालको रेस्टुराँमा अहिले ४० थरीका केराका परिकार बन्छन् । ती सबै काँचो र पाकेको केराबाट बन्छन् । हमालको रेष्टुराँमा बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, अम्लेट, मःमः, खिर, पराठा (रोटी), वाइन, ब्राण्डी लगायतका परिकार पाइन्छन् । हमाल भन्छन् – “यहाँ आउनेहरुमा धेरै जसो सपरिवारै आउँछन् । केराका परिकारलाई खानाका रुपमा खाएर बेलुका घर फर्कने चलन पनि छ ।”

धेरैले यसलाई खानाको रुपमा पनि प्रयोगमा ल्याउन थालेका छन् । हमाल भन्छन् – “बनाना चिप्स धेरैको रोजाइमा पर्छ । एक प्लेटको २० रुपैयाँ बेच्ने गरिएको छ । यसलाई प्याकेटमा लैजान समेत मिल्छ । ४० र ६० रुपैयाँका दुई छुट्टाटुट्टै प्याकेटमा उपलब्ध छ । काँचो केरा पातलो गरेर काट्ने । मसला मिसाएर तेलमा तारेपछि तयार हुन्छ ।” त्यस्तै उनको रेष्टुराँमा आउनेहरु केराको अचार नखाएर फर्कदैनन् । केराको चार प्रकारको अचार यहाँ पाइन्छ – काँचो केरा उमालेर तयार हुने अचार, बुङ्गाको अचार, जराको अचार र काँचो केराको चट्नी पकौडा चाहीँ काँचो केरा काटेर चनाको बेसनमा मिसाएर बनाइन्छ ।

यसमा नून र खुर्सानी पनि मिसाइन्छ । “पछिल्लो समय यसलाई पनि धेरैले रुचाएका छन् ।” उनी थप्छन् – “फिङ्गर चिप्स बाहिरी जिल्लाका मानिसले कोशेलीका रुपमा पनि लैजाने गर्दछन् ।” त्यस्तै, केराको वाइन र ब्राण्डी पनि निकै बिक्री हुने गरेको छ । केराको वाइन र ब्राण्डी टीकापुर आउने र जाने मानिसले कोशेलीका रुपमा दिने र लैजाने चलन पनि बढेको छ । ‘एग्रो टुरिजम’ को विस्तारमा सकृय हमाल केराका परिकारबाट खाद्य अभावलाई समेत टार्न सकिने बताउँछन् । उनी केराका परिकारबाट भोकमरी अन्त्य गर्ने मात्रै नभई केराका रेशाबाट टोपी, चप्पल, कागज लगायतका सामग्री समेत उत्पादन गर्ने योजना रहेको बताउँछन् ।

यहाँ केराका परिकार खान आउनेले रुचाएर खान्छन् । “नेपालमा गर्ने चाहना भएमा एउटै उत्पादनलाई अनेकथरी बनाएर बेच्न सकिन्छ ।” पर्यटन व्यवसायी थर्कबहादुर शाह भन्छन् – “कालु हमालकै कारण टीकापुर केरा पाइने ठाउं भनेर चिनिएको छ । यसकै कारण केराखेतीमा कृषकको आकर्षण पनि बढेको छ ।” कृषि व्यवसायी शिव थापा भन्छन् – “पढेलेखेका मानिसले खेती नगर्ने परम्परालाई हमालले चिरेका हुन् । उनले केराखेती गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएपछि हामी पनि हौसिएका छौं ।”

थापा भन्छन् – “टीकापुर केरा, दूध, मासुमा आत्मनिर्भर भएको छ । अझै यस क्षेत्रका किसानलाई व्यावसायिक र प्राविधिक ज्ञान आवश्यक छ ।” उनी सरकारले बजारीकरणमा ध्यान दिइदिए कृषिमा अझ आकर्षण बढ्ने बताउँछन् । हमालले केराखेती शुरु गरेपछि अहिले यो क्षेत्रका धेरै कृषकले केराखेती गरेका छन् । अहिले टीकापुर क्षेत्रमा ३३० हेक्टर जमीनमा केराखेती गरिएको कृषि अधिकृत गौरीशंकर गुप्ताले जानकारी दिए । यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले थप ९० हेक्टर जमीनमा केराखेती विस्तार गर्ने लक्ष्य लिएको छ ।

कृषि कार्यक्रमले अहिले केराखेतीका लागि माग पेश गर्न किसानलाई सूचित गरिसकेको छ । “केराखेतीको राम्रो सम्भावना र बजार भएकाले सिँचाइले पनि केरामा लगानी गर्ने योजना ल्याएको हो,” कृषि अधिकृत गुप्ता भन्छन् – “अन्य खेती भन्दा केराखेतीबाट राम्रो आम्दानी हुन्छ । त्यसैले कृषकले पनि केरा खेती रोज्न थालेका छन् ।”
(रासस)