१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

माधबलाई बाबुरामको कटाक्ष: सरकारबाट बाहिरिनु पर्ने डरले एमसीसी पास गर्ने , अनि नानाथरी तर्क गर्ने ?

माधबलाई बाबुरामको कटाक्ष: सरकारबाट बाहिरिनु पर्ने डरले  एमसीसी पास गर्ने , अनि नानाथरी तर्क गर्ने ?
अ अ+ अ-

काठमाडौ । नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब नेपालले १४ सांसद र सभामुख जोगानका लागि एमसीसी पारित गर्नुपरेको स्पष्टिकरण कार्यकर्ता दिएको बिषयलाई जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो भन्दै प्रश्न गर्नुभएको छ ।

नेता भट्टराईले ट्वीटमा लेख्नु भएको छ- एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर हो ? राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो ? राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छ ? यो कस्तो राजनीति हो ?

बुधवार सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेस गर्नुभएको  राजनीतिक प्रतिवेदनमा एमसीसीलाई जस्ताको तस्तै पारित गर्नुपर्नाको बारण उल्लेख गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिबेदनमा भनिएको छ ‘नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने निर्णयमा पुग्नु र केपी ओलीले त्यसका लागि आफ्ना शर्तमा कांग्रेसलाई झुकाएर सम्झौता पारित गराउने षडयन्त्र गरिरहेको परिस्थितिमा हामीले उपयुक्त निर्णयमा पुग्ने बुद्धिमता देखाउनै पर्थ्यो ।

एमसीसी पारित गर्नका लागि ओलीले सभामुखलाई तत्काल हटाउनु पर्ने, नेकपा एकीकृत समाजवादीका चौध जना सांसदहरूलाई पदमुक्त गर्नुपर्ने, नेकपा एकीकृत समाजवादीको दर्ता खारेजीका लागि आवश्यक कदम चाल्नुपर्ने, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने, वर्तमान गठबन्धन तोडी कांग्रेस(एमाले गठबन्धन बनाउनुपर्ने, प्रदेश सरकारमा आफ्नो शक्ति अनुसार मुख्यमन्त्री पाउनुपर्ने लगायतका शर्तहरू प्रधानमन्त्रीसमक्ष राख्ने काम गरेका थिए । एमसीसी पारित गराउन नेपाली कांग्रेसले पनि करिब-करिब सबै शर्तहरू मान्न तयार भइसकेको थियो ।