६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार जग्गा प्रकरण : आयुक्त शाहले पर्खाल नै सारेको ठहर, तीन जनाको जग्गा रोक्का



अ+ अ-

काठमाडौं । पूर्वसचिव त्रिताल समितिको प्रतिवेदनअनुसार निर्वाचन आयुक्त सुधीरकुमार शाहसमेत ललिता निवासको जग्गा अतिक्रमणमा संलग्न रहेको देखिएको छ ।

भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ मा खरिद गरेको जग्गा पहिला प्रधानमन्त्री निवास परिसरभित्र ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाका नाममा खरिद गरेका थिए ।

२०५४ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालामा निजी सचिव भएका शाहले जग्गा बाहिर पारेर बालुवाटारको कम्पाउन्डवाल लगाउन लगाएका थिए ।

शाहले जग्गा २०६१ सालमा बेचेका थिए । उनीमाथिसमेत कारबाही गर्नुपर्ने त्रिताल समितिको प्रतिवेदनमा उल्लेख छ ।

जग्गा रोक्का क–कसको
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्माणाधीन भवनको जग्गा : १३ रोपनी
भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङको : ६३ रोपनी
एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेको: ३ रोपनी १ आना