• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

चुनावमा ट्रम्पको रुससँग साँठगाँठ नभएको मुलर प्रतिवेदन



काठमाडौं । सन् २०१६मा सम्पन्न अमेरिकी चुनावमा डोनल्ड ट्रम्पको रुससँग साँठगाँठ नभएको मुलर प्रतिवेदनले देखाएको छ ।

अमेरिकाका महान्यायाधिवक्ता एवं विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कुनै अमेरिकी वा ट्रम्प अभियानका कसैले पनि षडयन्त्र गरेको वा मिलेमतो गरेको प्रमाण फेला नपारेको निष्कर्ष निकालेको हो ।

चुनावमा डेमोक्र्या्टिक पार्टी तर्फकी प्रत्याशी हिलरी क्लिन्टनका इमेल विकिलिक्स वेबसाइटमा प्रकाशन गर्नुमा ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण नभएको समेत उल्लेख गरिएको छ ।

ट्रम्पले राष्ट्रपति पदमा भएको आफ्नो जितलाई अवमूल्यन गर्न विपक्षीले षड्यन्त्र गरेको र त्यसै क्रममा यो अनुसन्धान थालिएको बताएपनि मामिला त्यस्तो नभएको बारले बताएका थिए । यद्यपी, अनुसन्धानका क्रममा ट्रम्पले मुलरलाइ हटाउन खोजेको भने नयाँ विषय बाहिर आएको छ ।