६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजार्डलाई मड्रिडले १० करोड पाउन्ड नतिर्ने



अ+ अ-

काडमाडौं । चेल्सीका विंगर इडेन हजार्डका लागि स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब १० करोड पाउन्ड खर्च नगर्ने स्पष्ट पारेको छ । रियलले हजार्डका लागि चेल्सीले मागेको १० करोड पाउन्ड नतिर्ने स्पष्ट पारेको हो ।

पछिल्लो एक वर्षदेखि हजार्ड रियलमा आबद्ध हुने हल्ला चलिरहेको छ । तर, त्यो हल्लालाई सही साबित गर्न रियलले यो समर विन्डोलाई मुख्य टार्गेट गरेको छ ।

चेल्सीले अडान नछाड्ने हो भने हजार्डसँग सीधै डिल गर्ने तयारी रियलको छ ।

बेल्जियमको राष्ट्रिय टोलीका सदस्य हजार्डले यो सिजन चेल्सीका लागि गतिलो प्रदर्शन गरिरहेका छन् । उनले यो सिजनमा चेल्सीका लागि १४ गोल गर्नुका साथै १२ वटा गोलमा सहयोग गरेका छन् ।