२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजार्डलाई मड्रिडले १० करोड पाउन्ड नतिर्ने



अ+ अ-

काडमाडौं । चेल्सीका विंगर इडेन हजार्डका लागि स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब १० करोड पाउन्ड खर्च नगर्ने स्पष्ट पारेको छ । रियलले हजार्डका लागि चेल्सीले मागेको १० करोड पाउन्ड नतिर्ने स्पष्ट पारेको हो ।

पछिल्लो एक वर्षदेखि हजार्ड रियलमा आबद्ध हुने हल्ला चलिरहेको छ । तर, त्यो हल्लालाई सही साबित गर्न रियलले यो समर विन्डोलाई मुख्य टार्गेट गरेको छ ।

चेल्सीले अडान नछाड्ने हो भने हजार्डसँग सीधै डिल गर्ने तयारी रियलको छ ।

बेल्जियमको राष्ट्रिय टोलीका सदस्य हजार्डले यो सिजन चेल्सीका लागि गतिलो प्रदर्शन गरिरहेका छन् । उनले यो सिजनमा चेल्सीका लागि १४ गोल गर्नुका साथै १२ वटा गोलमा सहयोग गरेका छन् ।