६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्देर हिरेरा पीएसजी जाने, युनाइटेडले सम्झौता नवीकरणमा चासो देखाएन



अ+ अ-

काठमाडौं । म्यानचेस्टर युनाइटेडले सम्झौता नवीकरणमा चासो नदेखाएपछि आन्देर हिरेरा पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने तयारीमा रहेका छन्।

२९ वर्षे हिरेराले माग गरेको हप्ताको १ लाख ६० हजार पाउन्ड तलब दिन युनाइटेडले अस्वीकार गरेपछि उनले विकल्प खोजेका हुन्।

पीएसजीले २९ वर्षे हिरेरासँग पाँच वर्षको सम्झौता गर्ने तयारी गरेको छ। पीएसजीले उनलाई हप्ताको दुई लाख पाउन्ड पारिश्रमिक दिनेछ। यो सम्झौता भएमा हिरेरा महँगो खेलाडीको सूचीमा समावेश हुनेछन्।

स्पेनिस खेलाडी हिरेराले म्यानचेस्टरका लागि अहिलेसम्म १ सय ८७ खेल खेल्दै २० गोल गरेका छन्।