६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस आईका ‘हट केक’ नेता हार्दिक पटेललाई थप्पड प्रहार (भिडियो)



अ+ अ-

काठमाडौं । कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानिएको छ ।


कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेललाई गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभामा भाषण गरिरहँदा एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर थप्पड प्रहार गरेका हुन् ।

थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए ।

पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन् ।