१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पाकिस्तानी प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषदमा व्यापक फेरबदल

पाकिस्तानी प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषदमा व्यापक फेरबदल
अ अ+ अ-

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेका छन् ।

प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गरेका हुन् ।

पाकिस्तानी सञ्चारमन्त्री फवाद चौधरीलाई विज्ञान तथा प्रविधि मन्त्री बनाइएको छ । चौधरीको स्थानमा सन् २०१७ मा पाकिस्तान पिपुल्स पार्टी परित्याग गरी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफमा प्रवेश गर्नुभएका फिर्दोस आशिक अवानलाई ल्याइएको छ ।

सन् २०१० देखि २०१३ सम्म पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट अर्थमन्त्री हुनुभएका डा अब्दुल हाफिज शेखलाई अर्थमन्त्रीको समकक्षको अर्थ सल्लाहकारमा नियुक्त गरिएको छ ।

यसअघिका अर्थ सल्लाहकार असद उमरले प्रधानमन्त्री खानको प्रस्तावप्रति विमति जनाउँदै राजीनामा गरेका थिए ।

यसैगरी, पूर्वराष्ट्रपति जनरल पर्वेज मुसरफका निकटवर्ती ब्रिगेडियर इजाज अहमद शाहलाई गृहमन्त्री बनाइएको छ । यसअघि उक्त मन्त्रालय प्रधानमन्त्री खानकै मातहतमा राखिएको थियो ।

गृहराज्य मन्त्री शेहरयार अफ्रिदीलाई प्रदेश तथा फ्रन्टियर मामिलासम्बन्धी राज्यमन्त्री बनाइएको छ ।

पेट्रोलियम मन्त्री गुलाम सरवार खानलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । खानले आफूलाई मन्त्रीबाट हटाइए पार्टी परित्याग गर्ने चेतावनी दिएको बताइएको थियो ।