१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

तालिबान र अफगान सरकारबीच हुन लागेको वार्ता अनिश्चितकालका लागि स्थगित

तालिबान र अफगान सरकारबीच हुन लागेको वार्ता अनिश्चितकालका लागि स्थगित
अ अ+ अ-

दोहा । अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ ।

वार्तामा सहभागी हुने अफगान प्रतिनिधिहरुको संख्या ठूलो भएको भन्दै तालिबान पक्षले आपत्ति जनाएपछि वार्ता स्थगित भएको हो ।

अफगान द्वन्द्वको शान्तिपूर्ण समाधान अफगानीहरुबीचकै वार्ताबाट टुङ्ग्याउनु पर्दछ भन्ने उद्देश्यबाट यसै साता विद्रोही तालिबानी समूह र अफगान प्रतिनिधिबीच वार्ता हुन लागेको थियो । तर काबुलले ठूलो संख्याको प्रतिनिधिमण्डल पठाउने जानकारी दिएलगत्तै त्यसलाई अस्वीकार गरिएको तालिबानले जनाएको छ ।

अफगानिस्तानमा १७ वर्षदेखि जारी हिंसात्मक युद्ध अन्त्य गर्न अमेरिकी प्रयास पनि जारी छ । अमेरिकाले अफगानिस्तानका विभिन्न पक्षबीच हुने भनिएको वार्ता स्थगित भएकामा असन्तोष प्रकट गरेको छ । अमेरिकी विशेषदूतको कार्यालयले दुबै पक्षलाई वार्तामा सहभागी हुन आग्रह गरेको छ । तर त्यस्तो वार्ताका लागि अर्को मिति घोषणा गरिएको छैन ।

वार्ताका आयोजक एवं द्वन्द्व तथा मानवीय अध्ययन केन्द्रका निर्देशक सुल्तान बराकातले एक विज्ञप्ति जारी गरी वार्तामा सहभागी हुने व्यक्तिहरुको नाम र पदका सम्बन्धमा समझदारी निर्माण गर्न पनि वार्ता स्थगित गर्नुपरेको बताए ।

अफगानिस्तानका राष्ट्रपति अश्राफ घानीको प्रशासनले गत मङ्गलबार अफगानिस्तानका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै दोहा गोलमेच वार्तामा सहभागी हुने भनी २५० जनाको सूची सार्वजनिक गरेको थियो । यो सूचीमा सरकारी प्रतिनिधिहरुको नाम पनि समावेश थियो ।

तर तालिबानले अफगान सरकारको नामावली ज्यादै ठूलो भएको जनाउँदै यतिठूलो संख्याका व्यक्तिसँग भेटवार्ता गर्ने आफ्नो कुनै योजना समेत नरहेको जानकारी गराएको थियो ।

तालिबानले यसै साता एक वक्तव्यमा “काबुलको कुनै होटलमा विवाह वा अरु कुनै समारोहको पार्टीजस्तो यो कार्यक्रम नरहेको” बताएको थियो ।

तालिबान समूहले राष्ट्रपति घानीका मुख्य र जिम्मेवार पदाधिकारीसँग मात्र व्यक्तिगत हैसियतमा भेटवार्ता गर्न चाहेको स्पष्ट गरेको छ ।