
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जलविद्युत आयोजनाको सेयरका लागि आवेदन दिएका छन् ।
सभामुख महराले सरकारले शुरु गरेको ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तर्गत शुक्रबार रसुवागढी तथा सान्जेन जल विद्युत आयोजनाको १ लाख बराबरको एक हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिए ।
कसले कतिका लागि आवेदन दिए ?
सभामुख महराकी पत्नी सिता महरा १ हजार कित्ता
सान्जेन जलविद्युत कम्पनीको ५ सय कित्ता
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन रसुवागढी जलविद्युत कम्पनीको १ हजार कित्ता
सान्जेन जलविद्युत आयोजनाको ५ सय कित्ता
मन्त्री पुनकी पत्नी पूर्व सभामुख ओनसरी घर्ती खुलाइएन
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको आरम्भ गर्दै यस अघि नै माथिल्लो त्रिशुली जलविद्युत बी आयोजनामा सेयर आवेदन गरी २० कित्ता सेयर प्राप्त गरेका थिए ।
सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तरगत २१ वटा जलविद्युत आयोजनाको छनौट गरी लगानीका लागि सर्वसाधारणमा समेत सेयर आवेदन खुला गरेको यो दोस्रो पटक हो ।









