१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल लिजेन्ड पेलेलाई पत्थरी



अ+ अ-

काठमाडौं । दुई साता अघि पिसाबसम्बन्धि समस्याका कारण पेरिसस्थित अस्पतालमा भर्ना गरिएका ब्राजिलियन फुटबल लिजेन्ड पेलेको शल्यक्रिया गरिने भएको छ।

साओ पाउलोको एक अस्पतालमा शल्यक्रिया गरेर उनको मिर्गौलाको पत्थरी निकाल्ने तयारी गरिएको छ। तर, पेलेको शल्यक्रियाको मिति भने तय गरिएको छैन।

‘उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किंदै छ,’ साओ पाउलोको अल्बर्ट आइन्सटाइन इसराइलाइट अस्पतालले विज्ञप्तिमार्फत भनेको छ, ‘उनको सबै परीक्षण भइसकेको छ र उनी मिर्गौलाको पत्थरी निकाल्न तयार छन्।’

पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या देखिएको छ । सन् २०१५ मा प्रोस्टेटमा समस्या देखिएपछि उनी ब्राजिलको एक अस्पतालमा भर्ना भएका थिए । त्यस्ते एक वर्षअघि पनि उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिस गर्नु परेको थियो ।