२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर राप्रपाले जलायो



अ+ अ-
फाइल फोटो

दाङ । हिन्दू राष्ट्र र राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको छ ।

राप्रपाको केन्द्रीय बिरोध कार्यक्रम अन्तर्गत शुक्रबारदाङको तुलसीपुर र लमहीमा संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको केन्द्रीय सदस्य तेजबहादुर बस्नेतले जानकारी दिए ।

ब्यानर जलाउदा ‘संघीयता चाहिदैन, हिन्दू राष्ट्र नेपाल घोषणा गर’ भन्ने नारासमेत लगाइएको थियो ।
राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन आज प्रदर्शन गर्न लागेको बताएका छन् ।

हिन्दु राष्ट्र पुनर्स्थापना लगायत २२ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको राप्रपा पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा बैशाख ८ गते राजमार्ग र चोकमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।