२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको कार्यक्रममा प्रहरी हस्तक्षेप, केही कार्यकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) ले धर्म निरपेक्षताविरुद्ध राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शुक्रबार दिउँस रत्नपार्कको शान्तिवाटिकामा आयोजित कार्यक्रममा धर्म निरपेक्षताविरुद्ध ब्यानर र पोष्टर जलाउ खोजेपछि प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्र्नेमा राप्रपा केन्द्रीय सदस्य रेवती कार्की, विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने, महासचिव जनक फडेरा, कोषाध्यक्ष गुणराज राजभण्डारीलगायतलाई पक्राउ गरेको पार्टी प्रभार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रहरी हस्तक्षेपका बाबजुद अध्यक्ष कमल थापाले धर्म निरपेक्षता लेखेको ब्यानर जलाएका प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

हिन्दु राष्ट्र पुनर्स्थापना लगायत २२ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको राप्रपा पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा बैशाख ८ गते राजमार्ग र चोकमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।